दुबै मृगौलाले काम नगरेपछि ४७ वर्षीय सिताराम सुनार जीवन मरणको दोसाँधमा

  रोल्पा/ सुनिलस्मृती गाउँपालिका वडा नम्बर -०६ गजुल पानीपोखराका ४७ वर्षीय सिताराम सुनारको दुबै मृगौला फेल भएको छ।

रोजगारीको लागी भारतको गुजरात राज्यमा विगत दुइदशक देखी गेष्टहाउसमा हेल्परको रुपमा कामगर्दै आएका सुनारको अचानक गत मंसिरमा हातखुट्टा सुनिए पछि भारतकै एक अस्पतालमा चेकजाँच गराउदा दुबै मृगौला फेलभएको रिपोर्ट देखिएको थियो।

पाँच महिना सम्म नियमित डाइलोसिस भारतकै अस्पतालमा गर्नुपरेको थियो। स्वास्थ्यमा केही सुधार पनि आएको थियो।आर्थिक स्थिति कम्जोर भएकै कारण आफन्तहरुबाट ऋण लिएर उपचार गराउदै गर्दा नेपाली रुपैयाँ आठ/नौ लाखजती खर्च भयो।आर्थिक अभावकै कारण भारतमा उपचार गर्न नसकेपछि सुनारका श्रीमति ललिता सुनारले नेपाल घर सम्म ल्याइएको बताइन्।

घरमा आएपछि केही दिन सम्म स्वास्थ्यमा थोरै सुधार देखिएको थियो। अचानक स्वासप्रस्वासमा समस्या आएपछि। गत बैशाख  महिना देखी दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आई.सि.यु.मा भर्ना भइ सुनारको उपचार भैरहेको छ। अहिले हप्तामा नियमित दुई पटक डाइलोसिस भैरहेको छ।डाक्टरका अनुसार सुनारको दुबै मृगौला फेर्नु पर्नेछ। घरको आर्थिक अवस्था निकै कम्जोर भएकाले कतैबाट आर्थिक संकलन भएमा मृगौला ट्रान्सप्लान्ट गरि आफ्नो श्रीमानलाई सबैले बचाउन ललिता सुनारले सहयोगको याचना गरिन।

श्रीमान सिताराम सुनार लाई  थप उपचार गर्न मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने भएको हुँदा घरको अवस्था निकै कम्जोर भएकाले आर्थिक सहयोग गरिदिन विभिन्न संघ संस्था देश विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ अनुरोध समेत गरिन।

इच्छुक कसैले सहयोग गर्न चाहे ग्लोबल आइ एमइ बैंकमा रहेको खाता 08207010160407 मा सहयोग गरिदिन अनुरोध गरिन। श्रीमती ललिता सुनारको सम्पर्क नम्बर 986-5290062 थप जानकारी लिन चाहे 9840873112 रहेको छ।

प्रतिक्रिया दिनुहोस