कुमार रोका।
कुल्लु हिमाचल। भारतको हिमाचल प्रदेशस्थित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कुल्लु दशहरा महोत्सवमा नेपाली कला तथा संस्कृतिको प्रतिनिधित्व गर्न सिन्धुली कला घरका कलाकारहरू कुल्लु आइपुगेका छन्।
कुल्लु आइपुगेका नेपाली कलाकारहरूलाई प्रवासी साझा मञ्चका प्रतिनिधि तथा सदस्यहरूले भव्य स्वागत गरेका छन्। नेपाली कला संस्कृति र मौलिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित महोत्सवमा सहभागी हुन आएका कलाकारहरूको आगमनले कुल्लुमा रहेका नेपाली समुदायमा उत्साह थपिएको छ।
अन्तर्राष्ट्रिय कुल्लु दशहरा महोत्सवमा सिन्धुली कला घरका कलाकारहरूको सहभागिताले नेपालको मौलिक कला संस्कृति तथा लोकपरम्परालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस सहभागिताले नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपाल र भारतबीच रहिआएको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाली कलाकारहरूको यस सहभागिताले प्रवासमा नेपालको सांस्कृतिक पहिचान र मौलिक परम्पराको प्रचार प्रसार गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाउने अपेक्षा आयोजकले गरेको छ।