घोराही । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले घोराहीस्थित कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको छ।

२०८३ कात्तिक ९ गते सम्पन्न निरीक्षणका क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट र कार्यालयका विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीहरूलाई सुधार गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँदै कार्यालयका कामकारबाही समयमै अनुशासित र प्रभावकारी ढङ्गले सम्पन्न गर्न निर्देशन दिनुभयो।
त्यसैगरी प्रहरी सेवाप्रवाहलाई थप व्यवस्थित चुस्त र जनमुखी बनाउन आवश्यक पहल गर्न तथा अनुसन्धानलाई प्रमाणमुखी र प्रहरी कार्यलाई प्रविधिमैत्री बनाउनसमेत उहाँले निर्देशन दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले गरेको आन्तरिक निरीक्षण तथा निर्देशन कार्यक्रमले कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन अनुशासन कायम राख्न र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिएको छ।