काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । आज दिउँसो एक वजे त्यसैका लागि प्रतिनिधि सभाको बैठक बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए वमोजिम आज प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिने भएका हुन । प्रधानमन्त्री ओली नेपाली कांग्रेससको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई विश्वासको मत पाउनकम्तीमा १३८ मत चाहिन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा अहिले ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।
उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।