दाङ । बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव घोराहीमा आज देखि शुरु भएको छ । महोत्सव एभरेष्ट नेपाल ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा भएको हो ।

महोत्सव लाई लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गरेका छन । उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले महोत्सवले जिल्लाको मात्र नभएर लुम्विनी प्रदेश र नेपालको कला संस्कृति विश्वभर पुर्याउन सहयोग पुग्ने वताएका छन । उनले आर्थतन्त्रलाई चलायमान गराउन संस्कृतिको संरक्षण र प्रर्वधन गर्न जरुरी रहेको बताए ।

विभिन्न सांस्कृतिक तथा भेषभुषाका झाँकी सहित घोराहीको ट्राफिक चोक बाट शोभा यात्रा निकालिएको थियो । फाल्गुन १८ देखि शुरु भएको मेला २१ गते सम्म चल्ने छ । घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा शुरु भएको महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ भने २१ गते अन्तिम दिन १३ राष्ट्रका कलाकारहरुले सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सवमा स्थानीय उत्पादनका सामग्रीहरुको स्थल राखिएको छ ।