काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेट गरेपछि मन्त्री यादवले राजीनामा बुझाएकी हुन्। उनको सचिवालयका अनुसार यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।
राजीनामा दिनुअघि बिहीबारै यादव ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी थिइन्। उनले ग्यास उद्योगीमाथि कडाइ गर्नुपर्ने आशय व्यक्त गरेकी थिइन्।
यादवले चैत २७ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
मन्त्री पद सम्हालेको छोटो समयमै राजीनामा दिएपछि यादवको निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।