पशुपति शर्माको गीतमा छमछमी नाचे दङाली दर्शकहरु

दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को दशौँ दिन आज चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बनेको छ । लामो समयदेखि प्रतीक्षामा रहेका दङाली दर्शकहरू चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा छमछमी नाच्दै रमाएका थिए ।

शर्माले मलाई अमेरिका पनि यही, बोली राखे पो माया लाउने हो, क्यार्न मोया मारिछौ सानूले, म कति राम्रो छु लाइटै बालेर, सारङ्गी र्याइ र्याई र स्याङ्जा जाने बाटैमा तनहुँलगायतका चर्चित गीत प्रस्तुत गर्दा सबै उमेर समूहका दर्शक झुम्मिएका थिए ।

त्यसैगरी गायक सन्दिप न्यौपानेले लालुमै पिरतीले सताएर, रुम कि हासुम, कति राम्री सान नानी, सुर्ती मार्दै मार्दै गयो जोबन र बुट्टे रुमाल प्रस्तुत गर्दै माहोल थप रौनकपूर्ण बनाए ।

गायिका रीतु थापाले मायालु कहाँ होला, भट्ट मकै भुटौँला र रातो चोलीमा प्रस्तुत गरिन्

भने गायिका श्यामकला भण्डारीले लुकाई लुकाई राखेको माया देखियो, सुटुक्क लाउन माया, जाने हो सम्पत्ति कमाउन र तिम्ले जसो गरे नि गीत प्रस्तुत गरिन् ।

नृत्यतर्फ सोनी डान्स ग्रुपको आकर्षक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन माधव जोन खत्री र दीपक बर्मा ले गरेका थिए । माघ १० गतेसम्म सञ्चालन हुने माघे मेला–२०८२ ले घोराहीमा सांस्कृतिक उत्सवको रौनक थप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस