लखन स्मृति दिवसको पुर्व सन्ध्यमा घोराहीमा सरसफाइ कार्यक्रम

नेपालका प्रथम सहिद क्या.लखन थापाको १४७ औं स्मृति दिवसको पुर्व सन्ध्यामा नेपाल मगर संघ घोराही शाखाले घोराही १४ स्थित क्या.लखन थापा स्मृति पार्कमा सरसफाइ गरेको छ। शाखाका अध्यक्ष बेदु बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको आतिथ्यमा सरसफाइ कार्यक्रम गरेको हो।

प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले सहिदको सम्मान गर्न पाउँदा आफू खुशी रहेको बताउनु भयो।उहाँले सहिद थापाको पार्क स्थापना आफू प्रथम कार्यकाल हुँदा देखि नै गर्दै आएको स्मरण गर्दै सहिदको सम्मान संगै यस उपमहानगरपालिकाको पर्यटकीय स्थलको रुपमा र यस पार्कलाई विश्राम गर्ने र रमाइलो गर्न मिल्ने पार्कको रुपमा बिस्तार गर्न आफू लागि परेको बताउनुभयो।

यहाँ भएका समस्या समाधान गर्न उपमहानगर सधै लागिरहेको छ।यसका लागि निरन्तर बजेट समेत दिइरका छौँ र दिइरहने छौ।” उहाँले थप्नुभयो। सहिदको योगदान गौरव गाथा जे छ जिवित राख्नु पर्छ मर्न दिनुहुन्न।कार्यक्रममा नेपाल मगर संघ दाङ शाखा नगर समितीका पदाधिकारी साथै केन्द्रीय सदस्य अनुशासन विभाग कर्ण बुढा मगर प्रदेश सदस्य कैलाश रोका मगर र जिल्ला अध्यक्ष मुक्त बुढा मगर लगायतका पधाधिकारीहरुको उपस्थिति समेत रहेको थियो।नगरले भोलि क्या.लखन थापाको १४७औं दिवसमा थापाको शालिकमा माल्यार्पन पछि नेपाल मगर संघ दाङ शाखाको सभाहलमा ११ बजे सभा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस