मगर समुदायको प्रमुख साँस्कृतिक पर्व माघ महोत्सव २०८० सम्पन्न

घोराही/मगर समुदायको प्रमुख मौलिक साँस्कृतिक राष्ट्रिय पर्व माघ महोत्सव २०८० सम्पन्न भएको छ।मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदानप्रदान गरि आज भब्य र सभ्यका साथ नेपाल मगर संघ दाङको प्राङ्गणमा महोत्सवको समापन गरिएको हो।नेपाल मगर संघ घोराही नगर कमिटीको आयोजनामा र घोराही उपमहानगरपालिका दाङको आर्थिक सहयोगमा एक दिने कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको शुभारम्भ कार्यक्रमका प्रुमुख अतिथि घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डिसि द्वारा दीप प्रज्वलन गरि नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको सम्झनामा शहिदको तस्वीरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।कार्यक्रम तालिका अनुसार प्रमुख अतिथिको रुपमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी उपस्थित हुने रहेको भएपनि अन्यत्र कार्यक्रम परेकाले उनी उपस्थित हुन सकेनन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसिले नेपालको बहुभाषिक पौराणिक बहु साँस्कृतिक यी सबै कुराको साँस्कृतिक झल्काउने मध्य सबैभन्दा प्रभाव पर्ने खाले मगर साँस्कृतिक मगर संस्कार नेपालकै उत्कृष्ट भएको बताउनु भयो।मगर समुदायको यो माघ महोत्सवले राष्ट्रलाई नयाँ सकारात्मक कुराहरु सिकाएको पनि बताउनु भयो।साथै महोत्सवमा राखिएका मगर पौराणिक विभिन्न बस्तु सामानहरुको अवलोकन पनि गर्नुभयो।

विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य शारादा पुन,नेपाल मगर संघ लुम्बिनी प्रदेश अनुशासन विभाग संयोजक खलु प्रसाद पुन,जिल्ला समन्वय समिति का बा अध्यक्ष मुक्त बुढा,जंकोटी समाज सेवा समिति दाङका अध्यक्ष हरिमान पुन लगायत अतिथिहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो।लुम्बिनी प्रदेश सदस्य अरुणा रानामगर जिल्ला समन्वयका उपाध्यक्ष तथा घोराही उपमहानगरपालिका कार्यसमितिको इन्चार्ज प्रेम बुढामगर उपाध्यक्ष जयप्रकाश घर्ति मगर लगायत अन्य अतिथि पत्रकारहरुको पनि उपस्थिति थियो।

मौलिक साँस्कृतिक झल्काउने झाँक्री प्रदर्शन गर्ने लुगुम्याल खाम समाज नेपाल दाङ,तकसेरा समाज सेवा समिति दाङ,पुर्वी रुकुम कांक्री मगर खाम समाज दाङ,जंकोटी समाज सेवा समिति दाङ,रोल्पा रेउघाली समाज सेवा समिति दाङ,कोट गाँउले सेवा समाज दाङ लगायत दर्जनौंलाई मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो।

नेपाल मगर संघ घोराही नगर कमिटी वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन का बा सचीव गणेश प्रताप पुनले गर्नुभएको थियो।कार्यक्रमका सभा अध्यक्ष बेद बहादुर बुढामगरले मौलिक साँस्कृतिकलाई प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउन विश्वभर फैलाउन माघ महोत्सवको आयोजना गरिएको भन्दै।महोत्सवमा साथ सहयोग दिनुहुने सबैलाई विषेश धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस