रुकुम/ भूमे गाउँपालिका १ लुकुममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल रुकुम पूर्वको शनिबार प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट दयाधन घर्ती मगरको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरिएको छ। जसमा उपाध्यक्ष कमानसिङ घर्ती मगर, सचीव शशिराम घर्ती मगर, उपसचिव बिजुलि बुढा मगर, उपसचिव इच्छा पुन मगर सदस्यमा गोकर्ण श्रेष्ठ, शिशिर गुरुङ, वीर प्रसाद पुन मगर, फल प्रकाश पुन मगर, अमृता पुन मगर, तुलाराम घर्ती मगर, रामलाल घर्ती मगर, टेक बहादुर मगर, लक्ष्मी घर्ती थापा मगर, दिल माया घर्ती मगर, मनिषमा बुढा मगर, लक्षमण बुढमगर, तिर्ख बहादुर बुढा मगर र शिर गुरुङ चयन हुनुभएको छ।
प्रथम जिल्ला अधिवेशनका प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं रुकुम पूर्वका पाटी इन्चार्ज नवीन रोका मगर रहनु भएको थियो। विशेष अतिथिमा लोकतान्त्रिक जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अमर शिर्जापति र अतिथिहरु लुम्बिनी प्रदेश कमिटी नेकपा एमाले सदस्य पुर्व संसद आशा स्वर्णकार लुम्बिनी पाटी कमिटी सदस्य विनोद रोका मगर (बिक्रान्त) लोकतान्त्रिक जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटी तथा सैना मैना गाउँपालिका रुपन्देहीका उप-प्रमुख विना राणा मगर नेकपा एमाले जिल्ला अध्यक्ष रुकुम पूर्वका लीलामणि गौतम लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुकुम पूर्वका इन्चार्ज बागलाल बुढा मगर लोकतान्त्रिक जनजाति महासंघ केन्द्रिय सदस्य बम छन्त्याल नेकपा एमाले रुकुम पूर्व निवर्तमान अध्यक्ष टोब बहादुर ओली लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।
रुकुम र रोल्पामा नेकपा एमाले पार्टी प्रति जनताहरु आकर्षित भएका छन्। फरक विचार राख्ने विभिन्न पार्टीका कार्यकर्ताहरु अहिले नेकपा एमालेमा आउने क्रम बढेको छ। हाम्रो पाटी एमालेमा प्रवेश गर्ने उत्साहित भएका छन्। रुकुम पूर्वमा पनि नेकपा एमालेको संगठन विस्तार तिव्र रुपमा बढिरहेको छ। जनताको एक मात्र पार्टी नेकपा एमाले भएकाले जनताले रुचाउँछन् भन्दै प्रमुख अतिथिको आसनबाट रोका मगरले बोल्नु भएको। त्यहाबाट प्रदेश कमिटी सदस्य रोका मगर (बिक्रान्त) ले जानकारी दिनुभयो।
जिल्ला संयोजक शशिधर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लक्ष्मणी बुढा मगरले गर्नुभएको थियो। अतिथिहरुले पालैपालो आफ्नो मन्तव्य समेत राख्नुभएको थियो।