रोल्पा। त्रिवेणी गाउँपालिका–७ पोखराडाँडा दुम्लामा आयोजित जनतासँग भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले मा प्रवेश गरेका छन्।
आइतबार दिउँसो नेकपा एमाले त्रिवेणी–७ वडा कमिटीको आयोजनामा सम्पन्न प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले एमाले रोज्ने घोषणा गरेका हुन्।
नवप्रवेशीहरूलाई नेकपा एमालेका रोल्पा जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकुल घर्ती, लुम्बिनी प्रदेश कमिटी उपसचिव तथा रोल्पा चुनाव प्रचार–प्रसार संयोजक पूर्ण बुढा, प्रदेश कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका निर्वाचन परिचालन कमिटी संयोजक सान्तराज बोहरा, रोल्पा जिल्ला अध्यक्ष अमृत घर्ती लगायतका नेताहरूले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन।
पार्टी प्रवेश गर्नेहरूमा दीपक बुढाथोकी, तुल्सीराम वली, घनश्याम बस्नेत, रामप्रसाद झाँक्री, कमल परियार, कविता परियार र सुनिता परियार रहेका छन्।
कार्यक्रममा वक्ताहरूले विकास र स्थायित्वका लागि एमालेप्रति जनआकर्षण बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका थिए।