दाङमा लागुऔषधसहित दुई युवा पक्राउ

असोज १२, दाङ। घोराही उपमहानगरपालिका–८ सौडीस्थित भित्री सडक खण्डबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले गोप्य सूचनाका आधारमा रा.४ प. ५२६३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा ४ ग्राम ११० मिलिग्राम लागुऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौरा निवासी २५ वर्षीय निर्मल डाँगी र बुधौरा चोक निवासी २५ वर्षीय शरद घर्ती मगर रहेका छन्।

दुबै जना सवारीसाधनसहित नियन्त्रणमा रहेको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस