ज्ञानज्योति एजुकेसनल एकेडेमी द्वारा तीज मिलन कार्यक्रम सम्पन्न

६ भदौ घोराही । दाङको घोराही-१३ अवस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमी विद्यालयले नेपाली हिन्दू महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।

संचालक समितिका अध्यक्ष ओम बहादुर घर्ती मगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा एवं प्रदेश खेलकुद लुम्बिनी परिषद सदस्य किरण गौतम र सामाजिक विकास महाशाखा घोराहीका अजय बोहराको विशिष्ट आतिथ्यमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अन्य आमन्त्रित अतिथिहरुको उपस्थिति समेत रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले हरितालिका तीजले दिदिबहिनीहरुको मौलिक पर्वको गजेर्ना सँगै स्कुल अभिभावक विद्यार्थीहरु बीच आपसी सम्बन्ध मजबुत बनाउन मद्द्त गर्ने बताउनुभयो। उहाँले ज्ञानज्योति एजुकेसनल एकेडेमीले शैक्षिक उत्कृष्टका साथ सामाजिक र सांस्कृतिक गतिविधि र सहभागिता स्कुलले गर्दै आएको बताउँदै शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा सांस्कृतिक नाच गानले भरपुर मनोरञ्जन  सँगै अभिभावकहरुको नृत्य र गायन विधामा प्रतियोगिता समेत गरिएको थियो। निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेका थिए। अभिभावक र विद्यार्थीहरुको बाक्लो सहभागी रहेको थियो। अतिथिहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयका प्रिन्सिपल लक्ष्मी बुढा मगरले दिनुभएको स्वागत मन्तव्यको कार्यक्रमको संचालन विद्यालयका शैक्षिक संयोजक नवीन आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस