घोराही । यस वर्षको हरितालिका तीज नजिकिए संगै विभिन्न तीज विशेष कार्यक्रम शुरु भएका छन । यसै अवसरमा रोल्पा कोटगाउँले समाजले पनि तीज विशेष कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । समाजले घोराही उपमहानगरपालिका- १३ स्थित आफ्नै जमिनमा समाजले कार्यक्रम गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले प्रमुख अतिथिको आसन बाट बोल्दै समाजले छोटो समयमै गरेको प्रगति प्रती प्रसंसा गर्नुभयो । उहाँले तीज पर्वको मौलिकता भनेको महिलाहरूले वेदना प्रकट गर्ने पर्व रहेको र दैनिक जीवनका वेदना गीत मार्फत व्यक्त गरिने पर्व रहेको बताउनुभयो । उहाँले हिजो कुनै चौतारी मुनि भेला भएर गाइने तीज गीतको मौलिकतामा परिवर्तन भए पनि यसको निरन्तरतालाई समाजले महत्त्व दिएकोमा खुसी व्यक्त गर्नुभयो ।अर्को प्रसंगमा उहाँले समाजको भवन निर्माणमा आफुले यस वर्ष नसके पनि अर्को आर्थिक वर्ष बाट बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मलाइ ढिलो गरि जानकारी भयो मैले यो आर्थिक वर्षमा केही गर्न नसके पनि आउने आर्थिक वर्षमा संसद विकास कोषबाटै भएपनि बजेट दिने प्रतिबद्धता गर्छु । ” उहाँले भन्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि घोराही उपमहानगर पालिका- १४ का अध्यक्ष भानसिंह बुढा मगरले छोटो समयमा अब्बल समाज बनेको बताउदै यसको भवन निर्माणको लागि उपमहानगर या प्रदेशमा भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा समाजका प्रेस सल्लाहकार शान्त कुमार बुढा मगरको ९ महिने छोरी लक्षिता बुढा मगरलाई जन्म जात आँखाको क्यान्सर (रेटिनो ब्लास्टोमा) बाट एउटा आँखा फालिएको र अर्को उपचारार्थ संकलित चेक मार्फत रु ९२ हजार ४ सय ६५ र कार्यक्रम स्थलमा संकलित रु १४ हजार ७ सय २० गरि १लाख ७ हजार १ सय ८५ रुपैयाँ पीडितका बुवालाई हस्तान्तरण गरेको छ । समाजले केही महिना अघि देखि आर्थिक सहयोग अभियान संचालन गरेको थियो ।

त्यस्तै समाजले जेष्ठ नागरिक ८४ वर्षीय पर्शुराम खत्रीलाई सम्मन गरेको छ ।भने सन २०२४ मा सम्पन्न Goodwell international Taekwondo championship ४५ के.जि.मा स्वर्ण पदक विजेता युवराज वली यस वर्षको SEE परिक्षामा ३.५५ जिपिए ल्याउने आकृति रोकालाई सम्मान गरेको छ । समाजले समाज भित्रका उत्कृष्ट खेलाडी विद्यार्थी तथा प्रतिभालाई सम्मान गर्ने बताएको छ ।
रोल्पा कोटगाउँले समाजका अध्यक्ष टेक वलीको अध्यक्षता तथा कार्यक्रममा लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले प्रमुख आतिथ्यता घोराही उपमहानगर १४ का अध्यक्ष भानसिंह बुढा मगरको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरुमा घोराही-१३ नं.वडा सदस्य रामकली घर्ती, नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष मुक्त बुढा मगर रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वली लगायतका रहनुभएको थियोे ।
कार्यक्रममा समाजका सदस्य जयकुमारी रानाले समाजको बारेमा प्रस्टीकरण दिनुभएको थियो । समाजका सदस्य मनसरी घर्तिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन समाजका उपाध्यक्ष माया पुनले गर्नुभएको हो ।
![]() |
|