घोराही । तकसेरा समाज सेवा समिति दाङको नव निर्मित भवन शनिबार उदघाटन गरिएको छ। तकसेरा समजका अध्यक्ष मित्रलाल बुढा मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यमा एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा घोराही-१३ सेवारखोलामा निर्मित भवनको उदघाटन गरिएको हो।

समाज सकारात्मक सोच संस्कार सँगै एकीकृत भएको आफ्ना कला संस्कृति संरक्षण गरेको पूर्वी रुकुम तकसेरामा रहेका परम्परागत भौतिक संरचना यथावत राख्न र पर्यटनको विकास गर्न भन्दै प्रदेश सरकार र स्थानीय सरकारले विनियोजित गरेको रकम सहि ठाउँमा सदुपयोग भइ भवन निर्माण भएको भन्दै प्रमुख अतिथि खनालले शुभकामना व्यक्त गर्नुभयो।

यसै गरी विशिष्ठ अतिथि चौधरीले तकसेरा समाजले दाङमा कयौं उदारणीय कार्यहरु गरेको। प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकम सदुपयोग भइ भवन निर्माण भएको कतै खोट लगाउने ठाउँ नरहेको बताउनु भयो। समाजलाई आवश्यकता परेको खण्डमा स्थानीय सरकार जहिले पनि तत्पर रहने समेत भन्नुभयो। साथै समाजले आफ्ना भावना एकता भेषभूषा कला संस्कृतिको जग्रेना गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा घोराही-१४ का वडा अध्यक्ष भानसिंह बुढा मगर, निवर्तमान घोराही-१४ का वडा अध्यक्ष शक्तिराम डाँगी, जिल्ला समन्वय समितिका सदस्य जुनकुमारी बुढा मगर (जुनु) समाजका सल्लाहकार दुर्गा बुढा मगर, कोर्चाबाङ समाजका अध्यक्ष कैलाश घर्ती मगर र पूर्वी रुकुम गुनाम समाजका अध्यक्ष सुविन सिर्पाली लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समाजको भवन निर्माणका लागी लुम्बिनी प्रदेश सरकार अघिल्लो सरकारबाट रु २५ लाख, घोराही उपमहानगरपालिकाबाट रु १३ लाख, घोराही-१८ वडा कार्यलयबाट रु २ लाख, घोराही-१४ वडा कार्यलयबाट रु ५० हजार, घोराही-१४ अघिल्लो कार्यकाल वडा कार्यलयबाट रु २ लाख र घोराही-१३ अघिल्लो कार्यकाल वडा कार्यलयबाट रु १ लाख गरि समाजको भवन निर्माण भएको हो।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पन्च बुढा मगरले र कार्यक्रमको संचालन सचीव नरेन्द्र बुढा मगर (बलु) ले कुशलता पुर्वक संचालन गर्नुभएको थियो। तकसेरा दाङ बासीहरुको बाक्लो उपस्तिथि सँगै कार्यक्रम भर कला संस्कृति झल्काउने भूमे नाच पैसेरु नाच जस्ता प्रदर्शनी गरिएको थियो।
![]() |
ReplyForward |