दाङ / घोराही उपमहानगरपालिका- १९ स्थित दुईखोली प्रहरी चौकीमा प्रहरीले मंगलबार चेक जाँच गर्दा लागु औषध सहित रोल्पाका चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका- ८ बस्ने २६ वर्षीय रविन घर्तीमगर रोल्पा नगरपालिका-२ बस्ने २७ वर्षीय समिप रोका मगर रोल्पा नगरपालिका-२ बस्ने २५ वर्षीय रिमन पुन मगर र रोल्पा नगरपालिका- ८ बस्ने २५ वर्षीय विकाश केसि रहेका छन्।

घोराही देखि रोल्पा तर्फ जाँदै गरेको रा ४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र. ०२-००१ प १३७६ नम्बरको स्कुटर प्रहरीले चेक जाँच गर्दा लागु औषध ब्राउनसुगर जस्तो देखिने तौल ५ ग्राम १० मिलिग्राम शुद्ध तौल ४ ग्राम ६२० ग्राम र मनोद्वीपक पदार्थ ७४ पत्ता ७४० क्याप्सुल बरामद गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सोम घर्ती मगरले जानकारी दिएका छन्।