दाङमा लागु औषध सहित रुकुमका ३ जना पक्राउ

फागुन २६ गते। दाङको घोराहीबाट लागु औषध सहित रुकुम पुर्वका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पुर्व भुमेगाउँपालिका वडा नं. २ खबाङका वर्ष ४४ का फर्क बहादुर घर्ती सोही ठाउँका वर्ष ५३ का रुपधन घर्ती र वर्ष ६४ का जुन बहादुर पुन रहेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रकुने दह स्थित घोराही होलेरी सडक खण्डमा लागु औषध चरेशको कारोबार ओसारपसार हुँदै गरेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहलाई सूचना प्राप्तको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यलय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यलय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम लागु औषध चरेश जस्तो पदार्थ र रुपधन घर्तीको साथबाट १४ किलो ५७२ ग्राम लागु औषध चरेश जस्तो पदार्थ सहित प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस