दाङ। घोराहीमा यहि फागुन २ गतेदेखि १८ गतेसम्म ‘छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ घोराही- १४ झिंगौरामा लाग्ने भएको छ।
नेपालमै पहिलो पटक जलपरी प्रदर्शन तथा दाङकै हकमा पहिलो पटक अन्डरवाटर फिस टनेल राखिने संयोजक बसन्त जोशीले बताउनु भयो। नेपालकै पहिलो जलपरी शोको माध्यमबाट दाङको पर्यटन प्रवर्द्धन हुने विश्वास समेत गरिएको छ। कृत्रिम तालमा जलपरी शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष महोत्सवको आकर्षण हुने। दर्शकहरूले जलपरीहरूसँग फोटो खिच्ने अवसर पनि मिल्ने संयोजक जोशीले बताउनु भयो।
दाङमै पहिलो पटक अन्डरवाटर फिस टनेल को व्यवस्था मिलाइएको छ। महोत्सव अवलोकनमा आएका दर्शकले टनेलभित्र पुगेर विभिन्न जात प्रकारका माछाहरू नजिकबाट अवलोकन गर्न सक्नेछन्। सहसंयोजक नरेश कुमार श्रेष्ठका अनुसार विभिन्न रंग र आकारका समुद्री माछाहरू प्रदर्शनमा राखिने र विदेशी अनुभव झल्काउने छ। महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजक समितिले जनाएको छ।