दाङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) घोराही उपमहानगरपालिका १३ नम्बर वडाको दोस्रो अधिवेशन शुक्रबार वृहत् सम्पन्न भएको छ।
नेकपा (एमाले) का केन्द्रिय पोलिट व्यूरो सदस्य तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा घोराही १३ स्थित नेपाल मगर संघ र तकसेरा समाज सेवा समितिको प्राङ्गणमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा चुर्ण बहादुर पुनलाई सर्वसम्मत चयन गरेको हो। पुन पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

अध्यक्ष पुन सहित ३७ जनाको नयाँ कमिटी चयन भएको छ। जसमा उपाध्यक्ष श्रीजना कुवर, सचीव लिला जित नेपाली सह सचीव सरस्वती रोका र कमला रोका रहेका छन्। सदस्यमा विमला भण्डारी, विन्दु रोका, भिस्म झाक्री, सुस्मा बुढा, पदम गिरि,भक्तिराज चौधरी, चित्र बहादुर पुन, मंगल बि क, सरस्वती भण्डारी, नारायण प्रसाद चौधरी, सिमा चौधरी, चित्र बहकरी, दलविर घर्ती, बल बहादुर बुढा, चित्रकान्त अधिकारी, होम बहादुर बुढा मगर, विनोद थापा, पुर्ण बहादुर सुनार, निम बहादुर पुन, बुदे घर्ती, गया प्रसाद घिमिरे, ईश्वर प्रसाद महरा, साङ्ल रोका, सुदन चौधरी, श्याम गिरि, रवि नेपाली, भक्त बहादुर शाही , रुवि बिक,तारा गुरुङ, झम बहादुर विष्ट, खगेन्द्र बुढा र पुर्ण बहादुर बुढा रहेका छ्न।

प्रमुख अतिथि चौधरीले नेकपा एमाले देशको मुख्य शक्ति भएको बताउदै। घोराही उपमहानगरपालिका भित्र धेरै कामहरु गरेका छौ अझै गर्नेछौं भन्दै मिसन ८४ मा नेकपा एमालेलाई विजयी बनाउन आग्रह गर्दै नयाँ कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। यसैगरी केन्द्रिय सदस्य दाङ क्षेत्र-२ का इन्चार्ज जीवन गौतमले नेकपा एमालेलाई यतिबेला घेराबन्दी प्रहार भैरहेको छ। देशको एक मात्र पार्टी नेकपा एमाले भएकाले सबैले प्रहार गर्दैछन्। नेता कार्यकर्ता सबै एकता भए कसैले केही गर्न नसक्ने भन्दै मिसन ८४ मा सिङ्गो एमालेलाई बहुमतले विजयी बनाउने उद्घोष गर्नुभयो। केन्द्रिय सदस्य दाङ-२ (ख) का इन्चार्ज कुमार दसौंदीले पाटी अध्यक्ष देशका प्रधानमन्त्री केपी शर्मा वलीलाई असफल बनाउने रणनीति चलखेल भएको छ। एमाले देखेर आत्तिएका हुन त्यसका लागि एमाले खम्बा भएर उभिने तर्क राख्दै नयाँ वडा कमिटीलाई शुभकामना व्यक्त गर्नुभयो।

केन्द्रिय सदस्य दाङ-१ (ख) का सीता सिग्देल, प्रदेश सदस्य निवर्तमान दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत, प्रदेश सदस्य हेमराज बन्जाडे, प्रदेश सदस्य निर्मला बिक, प्रदेश सदस्य लिला बिक, जिल्ला कमिटी सचिवालय सदस्य भानसिं बुढा, जिला कमिटी सचिवालय सदस्य निर्वाचन प्रमुख विवेक श्रेष्ठ, किसान महासंघ जिल्ला अध्यक्ष केशव गिरि, नगर कमिटी अध्यक्ष तारा पुरी, जिल्ला सदस्य घोराही १३ इन्चार्ज प्रेम बुढा लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।
पाटीलाई विभिन्न तह क्षेत्रमा योगदान पुर्याउनेलाई पत्रकार लगायतलाई कार्यक्रमको बीचमा सम्मान पत्रले सम्मान समेत गरिएको थियो। बीच बीचमा सांगीतिक प्रस्तुतिले कार्यक्रमको माहोल झनै शोभनीय थपिएको थियो।

एमालेमा प्रवेश
नेकपा एमालेमा नौ जनाले पाटी प्रवेश गरेका छ्न् उनीहरु विभिन्न पाटी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन। प्रवेश गर्नेमा विष्णु बस्नेत, धन बहादुर पुन, लाल बहादुर घर्ती, मन बुझना चौधरी, तुलाराम बुढाथोकी, चाम बहादुर कुमाल, गौरी कुमाल, सुनिल कुमाल र रमेश चौधरी रहेका छ्न। 
घोराही १३ का निवर्तमान अध्यक्ष रविलाल घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षतामा चुर्ण बहादुर पुन र कार्यक्रमको संचालन शिव घर्ती मगर र सरस्वती रोकाले संचालन गरेका थिए।