भारत । भारतको हिमाचल प्रदेश स्थित कुल्लु जिल्लामा प्रवासी साझा मंचले हिमाचल कुल्लु जिल्लामा पहिलो पल्ट जिल्ला स्तरीय नयाँ कार्यसमिति छोनोट गरेको छ।

नेपाली हरुको हकहितका लागि बिस्तार गरिएको उक्त संस्थाको बुधबार जिल्लाको केन्द्र कुल्लु ढालपुर रुस्टिक वुड रेस्टुरेन्टमा संस्थाका राज्य समिति अध्यक्ष सी पि शर्माको प्रमुख अतिथि तथा उपाध्यक्ष बिष्णु रेग्मी ,सचीव जितेन्द्र सिंह, कोषाध्यक्ष केसर सिंह, सदस्य पिंकि राना र अन्य समाजसेवी बुद्धिजीवी हरुको विशेष उपस्थितिमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा प्रवासी साझा मंच हिमाचल कुल्लु जिल्लाको अध्यक्षमा चन्द्र गुरुङ उपाध्यक्षमा करण खडका र लक्ष्मी तामाङ महासचिवमा शान्त कुमार लामा सहसचिवमा चन्द्र बुढा मगर कोषाध्यक्षमा अनु लामा रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा राजकुमार राना मगर, रतन शाही, बिजय कार्की, राधिका सिंह, अनु बोध, रहनु भएको छ ।
संस्थाले प्रवासी नेपाली हरुको हकहित तथा विभिन्न वेवारिसे बिरामी पीडित बेसाहरा लाई सहयोगका साथै नेपाल संस्कृतीको जगेर्ना गर्न काम गर्ने राज्य अध्यक्ष सि पि शर्माले बताउनु भएको छ ।