दाङ / विभेदमा पारिएका समुदायको जिविकोपार्जन परियोजनाको सयुक्त रुपमा अनुगमन गरिएको छ । दलित सेवा संघ दाङ र बिकास कोष नर्बेको सहयोगमा सञ्चालन भएको परियोजनाको सयुक्त रुपमा शुक्रबार अनुगमन गरिएको हो ।
बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, उपाध्यक्ष बमकुमारी खड्का, दलित सेवा संघका सचिब सन्तोष चनारा, महिला तथा बालबालिका शाखा बबईका ईश्वरा रावत, कृषि शाखा बबईका प्राबिधीक प्रताप नेपाली, पत्रकार प्रेमबहादुर राम्जाले सयुक्त रुपमा परियोजना मार्फत् सञ्चालन भएका क्रियाकलापको अनुगमन गर्नुभएको हो ।
परियोजना मार्फत् बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा अर्ध ब्यबसायी तथा ब्यबसायिक तरकारी खेती, पशुपालन जस्ता क्रियाकलाप सञ्चालन भएका छन् । विभेदमा पारिएका समुदायको जिविकोपार्जन परियोजना दाङको बबई गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ तथा तुलसीपुर १३ मा सञ्चालन भएको छ ।