पार्टी प्रवेश संगै नेकपा माओवादी केन्द्र घोराही नगरले गर्‍यो शुभकामना आदानप्रदान

घोराही । नेकपा माओवादी केन्द्र घोराही नगर समितिले आज एक कार्यक्रम गर्दै विजया दशमी शुभ दिपावाली तथा छठ पर्वको अवरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले चाडवाडले आपसी भातृत्व विकास गर्ने र चाडवाडहरु भड्किलो हुन नहुने कुरामा जोड दिए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपारले माओवादी केन्द्र धर्म निरपेक्ष रहेको सबै धर्म संस्कृतिको सम्मान समान सम्मान गर्ने बताउनुभयो । उहाले बुधबार नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक सदस्यको जन्म शताब्दीको पुर्व सन्ध्या तथा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा भएको यो कार्यक्रम अत्यन्तै महत्वोपुर्ण रहेको बताउनुभयो । उहाँले जनयुद्धको बलमा भएको जन आन्दोलन बाट स्थापित अहिलेको राजनीतिक नयाँ राजनैतिक धार रहेकोले अहिलेको राजनीति माओवादी धार रहेको बताउनुभयो । ‘तर अहिले जबर्जस्त रुपमा कांग्रेस एमालेले माओवादी मुलधारमा आएको भाष्य निर्माण गर्न खोज्दैछन तर उनीहरुनै हाम्रो धारमा आएका हुन ।’ उहाले थप्नुभयो । माओवादी ४/४ पटक सत्तामा जाडा केही अनुभवका कारण  कमजोरी भए तर पछिल्लो पटक हाम्रो ३ वटा एजेन्डा सामाजिक न्याय सुशासन र समृद्धि बोकेको र त्यही अनुरुप अगाडि बढेपछी कांग्रेस एमालेले रुचाएनन र सरकार ढल्न पुगेको बताउनुभयो । उहाले देशलाई अहिलेको गठबन्धनको सरकार भ्रस्टाचारको रक्षा र सुशासन र समृद्धिको विरुद्ध रहेको बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्र केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य बिमलले चाड पर्व खर्चिलो हैन सम्बन्ध बिस्तारको र भाइचाराको हुनुपर्ने धारणा राख्नुभयो । उहाले कुनै पनि चाड पर्व आतंक हैन उमंगको हुनुपर्ने बताउनुभयो । आचार्यले जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधान कांग्रेस एमालेलाइ पटक्कै मन नपरेकोले अबको आन्दोलन भत्काउने कि बचाउने भन्ने रहेको बताउनुभयो । अहिलेको सरकार भ्रष्टाचारी लाई प्रश्रय दिई रहेको, काण्डहरु लुकाउने र प्रतिपक्षलाई कमजोर बनाउने प्रयासमा रहेको आरोप लगाउनुभयो। उहाँले यही तरिकाले सरकार गए चौरासी को चुनाव नहुने पक्का रहेको बताउनुभयो । ‘सरकारले संविधान मास्ने स्थानिय तह लाई स्थानीय निकाय बनाउने प्रदेशलाइ केन्द्रको मातहतमा ल्याउने पश्चगामी सोंच राखेकोछ यो कसरी सम्भव छ ?’ उहाँले प्रश्न गर्नुभयो । उहाले नयाँ भनिएको दलको पनि अवस्था देखिएको र तुलनात्मक रुपमा माओवादी क्रान्तिकारी देखिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका ३ जनालाइ प्रमुख अतिथिले माला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्ड, दामा शर्मा, रामबहादुर दहित भिमकुमारी बुढा लगायत प्रदेश तथा जनवर्गीय संगठनले शुभकामना ब्यक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्र घोराही नगर समितिका अध्यक्ष खिम बहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई नगर समितिका उपाध्यक्ष मणि वि.क.स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचीव बसन्त चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस