रोल्पाको माडीमा जीप दुर्घटना एक जनाको मृत्यु

रोल्पा / माडी गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ।

दुर्घटनामा माडी गाउँपालिका- ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो।

रिजाबाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप रिजाबाङ घर्तीगाउँ भित्री सडक खण्डमा माडी- ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटना भएको थियो।

दुर्घटनाको खबर सँगै प्रहरी राति करिब १२ बजे तिर घटनास्थल पुगेको थियो। सडकबाट ६५ मिटर तल खसेको बताइएको छ । घटना स्थलबाट प्रहरीले स्थानीयको सहयोगमा बेहोस अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा लगेका थिए।

गम्भीर अबस्था भएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाइएको त्यहाँ चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस