दाङ / प्रहरीले जंगलभित्र लुकेर जुवा खेलिरहेको बेला मंगलबार दिउसो करिब चार बजे पाँच जनालाई नगद सहित पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित कुटिचौर शान्ति कर्मकोट सामुदायिक वनभित्र जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका–२ का २८ वर्षीय हिमाल वली, दाङको घोराही उपमहानगरपालिका- १२ का ३३ वर्षीय जीवराज रावत, घोराही–९ का ३७ वर्षीय केशव शाह, घोराही–१३ का ३० वर्षीय सुर्य बोहरा र बंगलाचुली गाउँपालिका- ३ का ३० वर्षीय केदार परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इश्वर थापाले बताउनुभयो । उनीहरूबाट ७० हजार १ सय १० रूपैयाँ नगद र केही थान तास समेत बरामद गरिएको छ ।