नेकपा एमालेले बाढी पीडितका लागि प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण गर्यो
थुर्पा अनलाईन
२०८१ असोज २० गते आइतवार प्रकाशित
काठमाडौं / सत्तारूढ दल नेकपा एमाले ले बाढी पीडितका लागि भन्दै प्रधानमन्त्री उद्धार कोषमा ५० लाख जम्मा गरेको छ । आइतबार साँझ एमाले नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
गत असोज १५ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णयानुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर हस्तान्तरण गरेका हुन् ।