प्रधानमन्त्री वलीलाई माओवादीले ज्ञापनपत्र बुझाउने

काठमाडौ / प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाले प्रभावित बनेका नागरिकका लागि पुनर्स्थापना, विपद् प्रतिकार्य र पुननिर्माणलगायतका विषयलाई लिएर माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

आइतबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस