रोल्पा/ रोल्पामा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रुको ज्यान गएको छ ।
सुनिलस्मृति गाँउपालिका-२ खुंग्री स्थित भालुवाङ लिवाङ सडक खण्डमा सुलिचौर देखि किमिचौर तर्फ जाँदै गरेको लु ४० प २३४६ नम्बरको मोटरसाइकलले सुनिलस्मृति गाँउपालिका-२ धारापानीका ८४ वर्षीय रुद्र गिरिलाई ठक्कर दिएको रोल्पाका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभएको छ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा गहिरो चोट लागेको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषण गरेका थिए।
मोटरसाइकल चालक प्युठान स्वर्गद्वारी नगरपालिका-३ किमिचौर बस्ने २० वर्षीय बिशाल पुन भएको प्रहरीले जनाएको छ। चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुधबार साढे ७ बजेको समयमा घट्ना भएको हो।
साभार मालाश्री