दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर चयन हुनु भएको छ । प्रेस सेन्टर राप्ती गाउँपालिकाे प्रथम भेलाले

कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा छविन्द्र बुढाथोकी सचिव ईराधा झाँक्री सहसचिव सन्जुकुमारी चौधरी र काेषाध्यक्ष सुस्मिता परियार चयन हुनुभएको छ । संगठनकाे सदस्यहरुमा कृति कार्की,बिनाेद कुमार साेनी,विनिता गाहा मगर,दिलबहादुर सिंजाली,निश्चल सारु,ईशा परियार,लक्ष्मी कामी र अन्जिता चौधरी चयन हुनुभएको छ । सम्मेलनकाे उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायकाे पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नुभयाे । महान सहिद कृष्णसेन ईच्छुक जस्ता ब्यक्तिकाे बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको वताउँदै त्यसकाे रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने बताउनुभयाे ।
साे अबसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियाे ।सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियाे । संगठनका उपाध्यक्ष छविन्द्र बुढाथोकीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राप्तीपालिका अध्यक्ष नारायण शर्मा , प्रेस सेन्टर दाङका संस्थापक पुरणशर्मा,प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ बिक,सचिव दिवाकर पाेखरेल,जिल्ला सचिव जनक नेपाली ,सहसिचव दिपक बाेहरा,दलित मुक्तिमोर्चा दाङका सल्लाहकार राजेन्द्र पुजाली,लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियाे । भेला आयाेजक कमिटीका अध्यक्षता तुलबहादुर कँवरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संञ्चालन ईराधा झाँक्री गर्नुभएको थियाे।