घोराही । बुटवल देखि तुलसीपुरका लागि छुटेको बस घोराही १७ बेलबारमा दुर्घटना भएको छ ।
सोमबार दिउँसो ३:१५ बजे बस दुर्घटना भएको र बसमा २७ जना सवार मध्य ७ जनालाई बढी चोट लागेको प्रहरी नायब निरीक्षक हरि प्रसाद देवकोटाले बताएको छन । घाइते ७ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
लु१ख ८४१२ नम्बरको बस स्टेरिङ फेल हुँदा गाडी अनियंत्रित भइ दुर्घटना हुन पुगेको चालक बिबेक कार्कीले बताए । कार्की स्वयम गाडी मालिक रहेका छन । गाडी सडक पेटिमै पल्टिएकाले मानवीय क्षति भने भएको छैन ।