घोराही/ मंगोल नेशनल अर्गनाइजेसन दाङको आयोजनामा शुक्रबार घोराहीमा ३० औं विश्व मूलवासी दिवस मनाइएको छ।
मंगोल नेशनल अर्गनाइजेसन जिल्लाका अध्यक्ष राज बहादुर घर्ती मगरको अध्यक्षतामा केन्द्रिय सभाका सदस्य शिवबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका प्रमुख अतिथि गुरुङले नेपालको बहुसंख्यक मूलवासी मंगोल समुदाय अचेतन भएर बाँचिरहदा यो देशका शासकहरुको टाउको दुखाइ थिएन। डा. गोपाल गुरुङले लिएको विचार, सिद्धान्त सोचसहितको अभियान चेतनाले यो देशका शासकहरुको यतिखेर टाउको दुखाइ भएको छ। मूलवासी मंगोलहरुलाई अगाडि नबढ्न दिन राज्य शक्ति संचालनमा पुग्न रोक लगाउन विभिन्न कोणबाट षडयन्त्र भएको भन्नु भयो। मूलवासीको गुमेको सत्ता फिर्ता ल्याउने समेत उद्घोष गर्नुभयो।
विशिष्ट अतिथि मंगोल अर्गनाइजेसन केन्द्रिय सभा सदस्य घनश्याम चौधरीले मंगोललाई सिध्याउछु भन्नेहरु आफै सकिने चेतावनी दिनुभयो साथै आदिवासी जनजाति दलित भन्ने शब्द आफैमा अजायज छ। हामी मूलवासी हौं भन्नुभयो। केन्द्रिय प्रकाशन विभागका कल्पना चौधरी,लुम्बिनी प्रदेश सदस्य चन्द्रबहादुर गुरुङ,लगायतले बोल्नु भएको थियो।
कार्यक्रममा अतिथिहरु प्रदेश सदस्य राम बहादुर घर्ती मगर,तकसेरा समाज दाङका अध्यक्ष मित्रलाल बुढामगर,मिरुल समाज दाङका अध्यक्ष पुर्ण बहादुर बुढामगर,ढाङडुङ समाज दाङका अध्यक्ष नारायण रोकामगर,उवा घुसबाङ्गी समाज दाङका अध्यक्ष रामलाल घर्तीमगर,उवा समाज दाङका प्रतिनिधि वीर बहादुर घर्तीमगर लगायतले आफ्ना शुभकामना मन्तव्य दिनुभएको थियो।
मंगोल नेशल अर्गनाइजेसन जिल्ला सदस्य दिपेन्द्र पुनमगरले स्वागत मन्तव्य राख्दै अब कुनै पनि पाटीको झोला नबोक्ने एक मात्र मंगोल पाटी भएको भन्दै सबैलाई स्वागत गर्नुभएको थियो।कार्यक्रम भर पञ्चैबाजा टिमले भरपुर मनोरञ्जन दिएका थिए। । जिल्ला सहसचिव ज्ञानबहादुर पुनमगरले कार्यक्रम संचालन गर्नुभएको थियो।