मौसम पुर्वानुमान महाशाखाले मंगलबार र बुधबार हल्का तथा मध्य वर्षा रहने जनाएको छ

मौसम पुर्वानुमान महाशाखाले भोलि मंगलबार र बुधबार  देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आज बुलेटिन प्रकाशन गर्दै यस्तो जानकारी गराएको हो ।
महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

श्रोत : मौसम पुर्वानुमान महाशाखा

यस्तै  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको जनाएको छ ।
लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, नवलपरासी पश्चिम, बाँके, बर्दिया, प्युठान तथा अर्घाखाँची बर्षातको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

बर्षातका कारण त्यस क्षेत्रमा भु-क्षय, बाढी, पहिरो तथा ग्रेगान बहाव जोखिम रहेको र यस बाट बच्न सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस