दाङको बबई पुलमा बाढीले क्षति गर्‍यो

घोराही / लगातार अविरल वर्षाका कारण दाङको बबई नदिमा पानीको बहाव पढेको छ। नदिमा पानीको बहाव बढे सँगै दाङको धार्मिक स्थल धारापानी जाने सडकमा बनेको करिब १ सय २७ मिटर भन्दा लामो पक्की पुलमा शनिबार बिहान बाढीले क्षती पुर्‍याएको हो। स्थानीयका अनुसार बाढीले एक घर बगाएको छ। सँगै रहेका केही मानिसलाई सकुशल सुरक्षीत स्थानमा लगिएको कविराज डाँगीले बताए। बबई नदिले एक रेष्टुरेन्ट डुबानमा पारेको अन्य बस्तीमा पनि क्षती पुर्‍याउन सक्ने समेत डाँगी बताए।

प्रतिक्रिया दिनुहोस