प्रगति टोलको आफ्नै लागतमा बनायो प्रवेशद्वार

जेठ १३ । घोराही उपमहानगरपालिका १३ स्थित प्रगति टोलले आफ्नै लागतमा टोलको प्रबेश द्वार बनाएको छ ।

टोलको पहिचान र शोभा बढाउने भन्दै उक्त टोलले भैलो तथा आर्थिक संकलन गरि प्रबेशद्वार निर्माण गरेको हो । संस्थाको कोष बाट रु.१लाख ४१हजार एक सय ५५ रुपैयाँ र टोल वासी तथा चन्दादाता बाट ६९ हजार ६ सय २६ गरि जम्मा २ लाख १० हजार सात सय १८ रुपैयाँको लागतमा उत्तरमा सहिद मार्ग र दक्षिणमा तुरुन्तपुर सडक खण्डमा गरि दुइ स्थानमा प्रवेश द्वार बनाएको हो ।

आइतबार टोलका अध्यक्ष चन्द्र बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १३ का वडा  अध्यक्ष डुल्लुराम पोखरेलको प्रमुख आतिथ्यता तथा वडा सदस्य रामकलि घर्ती र नेकपा एमाले १३ नंम्वर अध्यक्ष चुर्ण पुन मगरको बिशिस्ट आतिथ्यतामा एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । प्रमुख आतिथिको आसन बाट बोल्दै अध्यक्ष पोखरेलले यसका लागि टोलवासी लाई धन्यवाद दिनुभयो । उहाले वडामा ५२ वटा टोल भएको र सबै टोललाई समेट्न एकै बजेटमा असम्भव हुने भएकाले धैर्य गर्दिन अनुरोध समेत गर्नुभयो । उहाले भन्नुभयो “यस बर्ष बजेट परेन भनेर निरास नहुनुस अर्को बर्ष अनिवार्य शिर्ष स्थानमा पर्ने छ ।” उहाले  टोलवासी लाई निरन्तर  वडा संग समन्वय र सहकार्य गर्न अनुरोध समेत गर्नु भयो । टोलवासीले कार्यक्रममा वडाले प्रयाप्त बजेट नदिएको गुनासो गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य रामकलि घर्ति तथा नेकपा एमाले वडा अध्यक्ष चुर्ण पुनले मनतब्य व्यक्त गर्न भएको थियो ।

जिवनमाया पुनको स्वागत मन्त्ब्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव चन्द्र बहादुर बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस