घोराही/ बालबालिकालाई बालमैत्री स्थानीय शासन सम्वन्धी जानकारी गराउने उद्देश्यले १ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
रोल्पाली उवा सेवा समाजको आयोजना र घोराही उपमहानगरपालिका वडा नं.९ ढिकपुर दाङको आर्थिक सहयोगमा सोमबार बालमैत्री स्थानीय सुशासन सम्बन्धी अभिमुखीकरण तालिम वडा कार्यालयमा सम्पन्न भएको हो।
रोल्पाली उवा सेवा समाजका सचीव धनराज पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि घोराही ९ का वडा अध्यक्ष चैतु कुमार चौधरी रहनु भएको थियो।अतिथिहरु टोल विकास संस्थाका अध्यक्षहरू विद्यालयका प्रःअः स्वास्थ्य चौकीका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो
समाजको सल्लाहकार विर बहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार बेद बहादुर बुढा मगरले गर्नुभएको थियो।