रोल्पा/ सुनछ्हरी गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र शहीद परिवार समाज नेपालको सहजीकरणमा सुनछ्हरी गाउँपालिकामा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधमसिलता साझेदारी परियोजना आन्तर्गत सुनछहरी गाउँपालिकाका सात वटा वडामा १ सय ६० वटा प्रजनन योग्य बाख्रा वितरण गरिएको छ।
आर्थिक समृद्धिका लागि साझेदारी परियोजना “भोका लाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ” भन्ने मुल मन्त्रका साथ सुरु भएको यस साझेदारी परियोजनाले विभिन्न कृषि तथा पशुका क्षेत्रहरुमा करिब एक वर्ष अगाडि देखि कार्यहरु गर्दै आइरहेको छ।
सुनछहरी गाउँपालिकाका सबै साना किसान तथा युवाहरुलाई लक्षित गरि संचालन गरिएको यस परियोजना आन्तर्गत किसानहरुको बाख्रा पालनबाट जीवन स्तर सुधारको लागि यस सुनछहरी गाउँपालिका वार्ड नं. १ मा १७ वटा, वर्ड नं. २ मा १७ वटा, वार्ड नं. ३ मा १७ वटा, वार्ड नं. ४ मा १७ वटा, वार्ड नं. ५ मा १७ वटा, वार्ड नं. ६ मा १९ वटा, वार्ड नं. ७ मा १६ वटा साथै वार्ड नं. ५ र ७ मा यसै परियोजना मार्फत संचालित दुई वटा सामुहिक खोर लाई २०/२० वटा गरि जम्मा १ सय ६० वटा प्रजनन योग्य बामरी, खरी र लोकल जातका क्रस बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रमले सुनछहरी गाउँपालिकाका साना किसान र युवा वर्गमा बाख्रा पालन मार्फत उत्पादन बढाउने र जीवन स्तरमा परिवर्तनको टेवा पुर्याउने लक्ष्य राखिएको छ।