(क्रमश बाँया देखि राम बहादुर पुन, तुल बहादुर पुन,टंक बहादुर वि.क.,बिनिता घर्ती)
चैत ९ नाका । दाङको नेपाल भारत सिमा क्षेत्रमा पर्ने नाकाका युवाहरूमा पछिल्लो चरण सरकारी जागिर प्रती आकर्षण बढेको छ ।
राजपुर गाउँ पालिकाका सिमा क्षेत्रमा पर्ने यहाँका युवाहरू रोजगारीको लागि छिमेकी मुलुक भारत तथा खाडी मुलुक जाने गर्दछन । कृषि तथा पशु पालनको राम्रो सम्भावना भए पनि भौगोलिक रुपमा विकटताका कारण प्रवर्द्धन नहुदा स्थानीय युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने गरेका थिए । तर पछिल्लो समय यहाँ युवाहरू सरकारी जगिर तिर आकर्षित भएका हुन ।
हालै शिक्षा सेवा आयोगले खोलेको प्राथमिक तहको शिक्षक पदमा यस क्षेत्र बाट ४ जनाले एकै पटक लिखित र मौखिकमा नाम निकाल्न सफल भएका छन । नाम निकाल्नेमा राजपुर गाउपालिका -७ भैसाही नाकाका टंक बहादुर वि.क., मनौरा नाकाका राम बहादुर पुन स्याउले नाकाका तुल बहादुर पुन र भैसाहीकै बिनिता घर्ती रहेका छन । वि.क. र पुन द्वयले मधेस प्रदेशको पर्सा जिल्ला बाट नाम निकालेका हुन भने घर्तिले दाङ नाम निकाल्न सफल भएका हुन । वि.क. गौरीशंकर माध्यमिक बिद्यालयको पुर्व प्र.अ.हुन भने राम बहादुर सोही बिद्यालयमा प्र.अ. हुन त्यस्तै तुल बहादुर शिवशक्ती मा.वि. भौवानाकाका शिक्षक हुन भने बबिता अध्ययनरत विद्यार्थी हुन ।
थुर्पा अनलाइन संग कुरा गर्दै वि.क.ले जिवनको उत्तरार्धमा मिलेको सफलताले आफु खुसी रहेको बताए । ०६२ सालमा एस एल सी पछि निरन्तर अध्यापनमा रहेको बताउदै उनले नाकामा सुचनाको अभाव हुँदा ०७० सालको शिक्षा सेवा आयोगको परिक्षा बाट बन्चित हुनु परेको बताए । निजि स्रोतमा कार्यरत वि.क. ०७५ सालमा प्र.अ. सम्हालेका थिए तर नया शिक्षा नियमावली अनुसार ०७९ मा राजिनामा दिनु परेको थियो । त्यस्तै २०६५ सालमा एस एल सी सकेका राम बहादुरले ०७३ देखि सोही स्कुलमा निजि श्रोत शिक्षक बाट अध्यापन सुरु गरेका हुन । उनले ०७६ मा राहत शिक्षक कोटा र ०७९ बाट बिद्यालय प्र.अ. सम्हालेका हुन । २०७० सालमा निजि स्रोत बाट मा.वि. भौवानाकामा अध्यापन शुरु गरेका तुल बहादुर हाल सम्म सोही बिद्यालयमा कार्यरत छन । हाल उनी पालिकाको स्वयंसेवक शिक्षकको रुपमा कार्यरत छन । शिक्षा सेवा आयोग दाङ बाट शिक्षा सेवामा प्रवेश गतेकी बिनिता घर्ती ०७३ सालमा एस एल सी सकेकी हुन भने हाल राप्ती शिक्षा क्याम्पसमा चौथो वर्षको विद्यार्थी हुन।
शिवशक्ती मा.वि. १४ वर्ष १२ बिद्यार्थी सरकारी जागिरे

राजपुर गाउँ पालिका -७ भौवानाकामा रहेको यस बिद्यालय नाकाकै पहिलो मा.वि. हो । २०४२ सालमा स्थापन भएको यस बिद्यालय २०६६ सालमा मा.वि. भएको हो । मा.वि. स्थापनाको १४ वर्षमा ११ जना विद्यार्थी सरकारी जागिरे छन । हालै शिक्षा सेवा आयोग पास गर्ने राम बहादुर पुन , तुल बहादुर पुन र बिनिता घर्ती यसै बिद्यालयका विद्यार्थी हुन । त्यस्तै अपराध अनुसन्धान काठमाडौ उपत्यकामा प्रहरी सहाय निरीक्षक सन्दिप झाक्री मगर यहि बिद्यालयका छात्र हुन । सन्दिप सहित ५ जना नेपाल प्रहरीमा कार्यरत छन भने ४ जना ससस्त्र प्रहरी मा कार्यरत छन ।