राजपुर गाउँपालिकाको नाकामा ३ दिने हेफर आधारशिला तालिम सुरु

नाका चैत ०४  राजपुर गाउँपालिकाको ७ नम्बर वडामा पर्ने सिमगजमरी नाका मा ३ दिने हेफर आधारशिला तालिम सुरु हुने भएको छ । राजपुर गाउपालिका का अध्यक्ष शरद बुढाथोकीले हरेक कुरामा पछाडी परेका महिलाहरुको यो तालीम महत्त्वपूर्ण रहने बताउनुभएको छ । उहाले अब हरेक गाउँ टोलमा पछाडी परेका महिला दिदिबहिनीहरुलाई गाउँपालिका बाट गर्नु पर्ने सहयोग पुर्ण रूपमा रहने उहाँ को भनाइ रहेको छ ।


अब कुनै पनि समस्या नहुन दिनको लागी गाउपालिका अध्यक्षले गाउँ टोलमा अझै पुर्ण रुपमा सचेतना कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो । नाकामा बसोबास गर्ने महिला दिदिबहिनीको लागिको  आधारशिला कार्यम आवश्यकता देखिएकोले कार्यक्रम गर्न लागेको वडा नम्बर-७ का अध्यक्ष पुष्कर वलीले बताउनुभयो ।


नाकाली दिदिबहिनीले अब घरको काम मात्रै नभएर सिपमुलक तालिमको पनि आवश्यकता भएको परिशिष्ट झग्गी सार्कीले बताइन ।
त्यस्तै गरेर हेफर आधारशिला तालिम वडाको नाका क्षेत्र पश्चिम भौवा नाका देखी पुर्व गन्ढैला नाका सम्म रहने हेफर आधारशिला तालिम का परिशिष्ट झग्गी सार्कीले बताइन ।

प्रतिक्रिया दिनुहोस