भैसाही नाकामा राजपुर गाउँपालिकाको वडा शाखाको उद्घाटन

 

 चैत ४ नाका।  राजपुर गाउँपालिका को वडा शाखा नाकामा आइतबार एक कार्यक्रमका विच उद्घाटन  गरिएको छ । पालिकाको सबै भन्दा ठूलो वडा समेत रहेको ७ नम्बर वडाको नाका क्षेत्रका जनता लाई सहज सेवा दिन वडाले आफ्नो शाखा भैसाही नाकामा बिस्तार गरेको छ ।

राजपुर गाउँ पालिकाका अध्यक्ष शरद बुढाथोकीको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष पुष्कर वलीको अध्यक्षतामा गरिएको उद्घाटनमा स्थानीय मन बहादुर रानाको छोरी को जन्म दर्ता को प्रतिलिपी बनाएर शुभारम्भ गरिएको छ । समारोहमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले भौगोलिक रुपमा वडा सम्म पुगेर सेवा लिन यहाँका जनताको समस्या लाई मध्यनजर गर्दै पालिकाले वडा शाखा बिस्तार गरेको बताउनुभयो । यसले यहाँका जनता लाइ तीन चार घण्टा पैदल हिडेर वडा सम्म पुग्ने समस्याको हल भएको बताउनुभयो ।


वडाले हरेक महिनाको  ३ दिन शाखा बाट सेवा दिने र बाकी दिन वडा कार्यालय बाट सेवा दिने वडा अध्यक्ष पुष्कर वलीले बताउनुभयो ।
नाकामा शाखा बिस्तार भए पछि स्थानीयले खुसी ब्यक्त गरेका छन । अब देखी नाका बासीले पहिलेको जस्तो जन्मदर्ताको लागि तीन दिनको समय खर्च गर्न नपर्ने भन्दै खुसी ब्यक्त गरेका छन । वडाको शाखा बिस्तार संगै हाम्रो समयको बचत र बेला बेलामा पाइने सास्तीको अन्त्य भएको छ भैसाही नाक निवासी बालाराम गिरिले बताउनुभयो ।

कार्यक्रममा सिमा सुरक्षा बल सशस्त्र प्रहरी भैसाहीका निरीक्षक अरुण तिमिल्सिना सिमा प्रहरी चौकी भैसाहीका असइ मान वहादुर नेपाली कार्यपालिका सदस्य सन्देश वि.क वडा सदस्य प्रमोद बस्नेत तथा स्थानिय नाका वासीहरुको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजीकरण भने वडा नम्बर ७ का सचीव दिपक राना मगरले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस