घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि यही असोज ११ गते निर्वाचन हुँदैछ। निर्वाचनमा साझा व्यावसायिक प्यानलबाट कोषाध्यक्ष पदमा व्यवसायी प्रेमबहादुर बुढामगरले उम्मेदवारी दिनुभएको छ। व्यवसायीका समस्याको दिगो समाधान सक्षम र उत्तरदायी नेतृत्वको पहिचान भन्ने मूल नारासहित उहाँ व्यवसायीको आर्थिक सुरक्षा संस्थागत पारदर्शिता र व्यवसाय प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिनुभएको हो।
रोल्पाको परिवर्तन गाउँपालिका-१ कुरेली निवासी बुढामगर लामो समयदेखि घोराही उपमहानगरपालिका-१३ मा बसोबास गर्दै आउनुभएको छ। व्यवसायका क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएका उहाँले घोराही उपमहानगरपालिका-१४ स्थित नयाँ बसपार्क सेवार खोला टोलमा २०७० सालदेखि बुढा हार्डवेयर सञ्चालन गर्दै आउनुभएको छ। व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा समेत सक्रिय बुढामगर जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुनुहुन्छ।
सरल स्वभाव सादा जीवनशैली र सामाजिक सेवाप्रतिको रुचिका कारण व्यवसायी तथा सामाजिक क्षेत्रमा परिचित बुढामगरले विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेको अनुभवसमेत हासिल गर्नुभएको छ। यही अनुभवलाई उद्योग वाणिज्य संघको नेतृत्वमा उपयोग गर्दै व्यवसायीका साझा समस्या समाधानमा योगदान गर्ने उहाँको प्रतिबद्धता छ।
आर्थिक पारदर्शितालाई कोषाध्यक्षको मुख्य जिम्मेवारी बनाउने प्रतिबद्धता
कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदै बुढामगरले संस्थाको आर्थिक प्रशासनलाई पारदर्शी व्यवस्थित जवाफदेही र सदस्यले सहजै बुझ्न सक्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संस्थाको आम्दानी खर्च तथा आर्थिक अवस्थाको नियमित हिसाब किताब अद्यावधिक राख्दै साधारण सदस्यले समेत संस्थाको आर्थिक गतिविधिबारे जानकारी पाउने वातावरण निर्माण गर्ने उहाँको योजना छ।
संस्थाको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्दै आवश्यक विषयमा सार्वजनिक सुनुवाइ र सदस्यप्रति जवाफदेहिताको अभ्यास अघि बढाउने उहाँले बताउनुभएको छ। संघको कोषमा अनियमितता हुन नदिने र प्रत्येक आर्थिक गतिविधिलाई विधि प्रक्रिया र उत्तरदायित्वसँग जोड्ने उहाँको प्रतिबद्धता छ।
व्यवसायीको जोखिम न्यूनीकरणमा बिमा योजना
व्यवसायमा आइपर्न सक्ने क्षति तथा नोक्सानीलाई ध्यानमा राख्दै बुढामगरले संघका व्यवसायीका लागि एक लाख रुपैयाँसम्मको बिमा व्यवस्था अनिवार्य गराउने योजना अघि सार्नुभएको छ। व्यवसायीलाई विपद् वा आकस्मिक क्षति पर्दा बिमाबाट प्राप्त हुने रकम सरल र छिटो प्रक्रियामार्फत उपलब्ध गराउने वातावरण बनाउन पहल गर्ने उहाँको प्रतिबद्धता छ।
व्यवसाय प्रवर्द्धनका लागि सीप र अभिमुखीकरण
व्यवसायीलाई केवल संस्थागत सदस्यका रूपमा सीमित नराखी उनीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न अनुभवी तथा दक्ष विज्ञमार्फत व्यवसायिक अभिमुखीकरण र तालिम सञ्चालन गर्ने बुढामगरको योजना छ।
विशेषगरी साना तथा मझौला व्यवसायीलाई लक्षित गरी व्यवसाय प्रवर्द्धन व्यवस्थापन बजार विस्तार लगानी तथा नयाँ व्यवसायिक सीपसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभएको छ। व्यवसायीको आवश्यकता पहिचान गरी लगानी सुनिश्चित गर्ने अभ्यास र क्षमता विकासका कार्यक्रम अघि बढाउने उहाँको लक्ष्य छ।
कृषि तथा पशुजन्य व्यवसायलाई प्रोत्साहन
दाङको स्थानीय अर्थतन्त्रसँग जोडिएका कृषि तथा पशुजन्य व्यवसायको प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्ने बुढामगरको प्रतिबद्धता छ। यसका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय वित्तीय संस्था र सरोकारवालासँग समन्वय गरी कृषि तथा पशुजन्य व्यवसायमा लगानी प्रविधि बजार र प्रोत्साहनका अवसर विस्तार गर्ने योजना उहाँले अघि सार्नुभएको छ।
व्यवसायीको संस्था व्यवसायीप्रति नै उत्तरदायी हुनुपर्छ भन्ने मान्यतासहित उम्मेदवारी दिनुभएका बुढामगरले आफू निर्वाचित भए संघको आर्थिक अनुशासन पारदर्शिता र व्यवसायी हितलाई कोषाध्यक्षको पहिलो जिम्मेवारी बनाउने बताउनुभएको छ।
व्यवसायीको विश्वासलाई आफ्नो मुख्य पूँजीका रूपमा लिँदै बुढामगरले साझा व्यावसायिक प्यानललाई मतदान गरी विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायी तथा साधारण सदस्यहरूसँग आग्रह गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा पनि संस्थाको आर्थिक सुशासन र व्यवसायीको हितमा काम गर्ने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ।