प्रवासी साझा मञ्च कुल्लु भारतमा नयाँ वर्षको शुभकामना तथा कार्यालय स्थापना कार्यक्रम सम्पन्न

कुल्लु भारत वैशाख १। प्रवासी साझा मञ्च कुल्लु जिल्लाको आयोजनामा नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्ला कार्यालय स्थापना गर्ने उद्देश्यसहित शुभ–साइत कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम मंगलबार भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लाको भुन्तरमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता मञ्चका जिल्ला अध्यक्ष राजकुमार राना मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय अध्यक्ष सीपी शर्माको उपस्थिति रहेको थियो।

त्यसैगरी विशेष अतिथिमा मुस्कान क्षेत्री सहभागी हुनुभएको थियो। कार्यक्रममा समाजसेवी किसन लाल, पत्रकार श्याम आजाद, राज्य समिति उपाध्यक्ष विष्णु रेग्मी, जिल्ला उपाध्यक्ष करण खडका, कुन्दलाल, राजा ठाकुर, कञ्चन बहादुर, चन्द्र बहादुर गुरुङ, लक्ष्मी तामाङ, उदय कुमार, पार्वती एरिया समिति अध्यक्ष लालसिंह बुढा मगर, सांस्कृतिक समूह अध्यक्ष बद्री आरसी, खगेन्द्र साही, रोजी भुटिया, नम्रिता क्षेत्री, पिङ्की राना, शिवकुमार दागी लगायत कुल्लु, मनाली, हरिपुर, साधाभाई तथा पार्वती भ्याली क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव चन्द्र बुढा मगरले गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष राना मगरले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै प्रवासी साझा मञ्च सामाजिक तथा गैर–राजनीतिक संस्था भएको स्पष्ट पार्नुभयो। उहाँले संस्था प्रवासी नेपालीहरूको हक हित संरक्षण, सहयोग र आपसी एकताका लागि निरन्तर प्रतिबद्ध रहने बताउनुभयो। साथै जिल्ला कार्यालय स्थापना गर्न शुभ–साइत गरिएको जानकारी दिँदै छिट्टै औपचारिक रूपमा कार्यालय सञ्चालनमा ल्याइने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक र त्यहाँबाट कुमार रोकाले बताउनुभयो।

थप तस्वीर:

प्रतिक्रिया दिनुहोस