निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बालेन्द्र शाहलाई दिइन् बधाई

काठमाडौँ। जेन्जी आन्दोलनपछि गठन भएको चुनाबी सरकारको नेतृत्व सम्हालेकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

कार्कीले आफ्नो सामाजिक सञ्जालमा लेख्दै ३५ वर्षीय युवालाई प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त हुनु सकारात्मक भएको उल्लेख गरेका छन्। उनले युवा नेतृत्वप्रति आशा व्यक्त गर्दै जोस र होसको सन्तुलन मिलाएर जनादेश सम्बोधन गर्न सफल हुन शुभकामना व्यक्त गरेका हुन्।

उनले लेखेका छन्। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।

जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम तथा चुनाबी सरकारको नेतृत्व सम्हालेकी कार्कीबाट आएको यो सन्देशलाई युवा नेतृत्वप्रति सकारात्मक संकेतका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा समेत यसप्रति विभिन्न प्रतिक्रिया आइरहेका छन्, जहाँ धेरै प्रयोगकर्ताले नवप्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस