रोल्पामा चट्याङ लाग्दा एक युवतीको ज्यान गएको छ

रोल्पा जिल्लाको सुनिलस्मृती गाउँपालिका–७ तेबाङ, भैँसीपुरे निवासी २४ वर्षीया कृष्णा पुनको सोमबार दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार आकस्मिक रूपमा परेको चट्याङका कारण उनको घटनास्थलमै ज्यान गएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस