दाङ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा भएको निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबै नेतासँग न्यानो टेलिफोन संवाद भएको बताएका छन्। उनले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गरेका हुन्।
मोदीले भारतले नेपालसँग आपसी समृद्धि, विकास र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। उनले नेपाल भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा गहिरो रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
उनले दुवै देशको साझा प्रयासबाट आगामी वर्षहरूमा नेपाल भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।