नेपाल प्रहरीमा ११ जना भर्ती एपीएस ट्रेनिङ सेन्टर घोराहीबाट बिदाइ

दाङ, घोराही।  एपीएस ट्रेनिङ सेन्टर घोराही दाङले आइतबार नेपाल प्रहरीमा पहिलो व्याचमा छनोट भएका ११ जना युवालाई बधाइ तथा शुभकामना दिँदै बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

बिदाइ कार्यक्रम ट्रेनिङ सेन्टरका संचालक दिवाकर बुढा मगरको अध्यक्षतामा कार्यालयमै आयोजित गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पूर्व सशस्त्र प्रहरी उपरीक्षक कर्णबहादुर बुढामगरले नेपाल प्रहरी जस्तो गौरवशाली संस्थामा प्रवेश गर्न लागेकाहरूलाई बधाइ दिँदै देश र जनताको सेवामा इमान्दार, अनुशासित र समर्पित भएर अघि बढ्न आग्रह गरे। उनले प्रहरी संगठनभित्र भविष्यमा उकासिन धेरै अवसर रहेकाले इमान्दारी र मेहनतका आधारमा उच्च पदसम्म पुग्न सकिने उल्लेख गरे।

त्यसैगरी नेपाल प्रहरीका सहायक निरीक्षक सौजन डाँगीले प्रहरी सेवाका कर्तव्य, जिम्मेवारी र सेवा भावनाबारे जानकारी दिँदै तालिम सफलतापूर्वक पूरा गरी जनताको सुरक्षामा अब्बल भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरे। उनले प्रहरी सेवामा रहे पनि उच्च शिक्षा निरन्तरता दिँदै संगठनमा अग्रस्थानमा पुग्न सकिने बताए।

कार्यक्रममा एपीएस ट्रेनिङ सेन्टरका संरक्षक भरत घर्तीमगर, नेपाल प्रहरीका सहायक निरीक्षक दिपक शर्मा, युवा व्यवसायी तथा नेशनल ट्रेड्सका सञ्चालक अनिश डाँगीलगायतको उपस्थिति रहेको थियो।

नेपाल प्रहरीमा छनोट भएका मिलन घर्ती मगर, गोबिराज घर्ती मगर, सबिता रोका मगर, चन्द्रमा बिक, सम्झना बुढा मगर, लालसिङ वली, प्रेम बहादुर डाँगी, सपना घर्ती मगर, कमला थापा मगर, मनिका बुढा मगर र जसमती घर्ती मगरलाई कार्यक्रममा मायाको चिनोसहित बिदाइ गरिएको थियो। कार्यक्रममा अभिभावकहरूको समेत उत्साहपूर्ण उपस्थिति थियो।

एपीएस ट्रेनिङ सेन्टरका म्यानेजर तथा प्रशिक्षक झपेन्द्र घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रम थुर्पा अनलाइनका सञ्चालक कैलाश घर्तीमगरले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस