दाङमा अबैध सालको काठ सहित दुई जना पक्राउ

दाङ । दाङमा अबैध सालको काठ सहित दुई जना पक्राउ परेका छन्। कार्तिक ३ गते बिहान करिब ८ बजे राप्ती गाउँपालिका–१ पुलचोक स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरी चेकिङ टोलीले कालाकाटेबाट पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकेर जाँच गर्दा उक्त ट्याक्टर अबैध रुपमा ल्याइएको सालको चिरान काठ फेला परेको हो।

उक्त ट्याक्टर चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३९ वर्षीय बिकास घर्तीमगर र काठ खरिदकर्ता राप्ती गाउँपालिका–१ पाखापानी निवासी ४३ वर्षीय डिल्लीराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्याक्टर बरामद गरिएको सालको चिरान काठ १४ थान झण्डै ३८.८७ क्युफिट रहेको र यसको अनुमानित मूल्य रु ४८,५८७ बराबर रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना ट्याक्टर र काठ सहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमही, दाङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस