रोल्पाली समाजको सहयोग मृगौला पीडित र क्यान्सर पीडितलाई

घोराही। दुवै मृगौला फेल भएका जोख बहादुर घर्ती मगर र घाँटीमा क्यान्सर भएकी विष्णुमाया घर्ती मगरलाई रोल्पाली सेवा समाज रोल्पाले आर्थिक सहयोग गरेको छ।

विगत लामो समयदेखि दुवै मृगौला फेल भएका रोल्पा माडी गाउँपालिका-६ कोर्चाबाङ निवासी जोख बहादुर घर्ती मगरलाई। रोल्पाली सेवा समाज दुबई शाखाबाट संकलित रु १ लाख ९ हजार ५ सय रुपैयाँ र रोल्पाली सेवा समाज रोमनिया शाखाबाट संकलित रु १५ हजार र दाङ शाखा संरक्षकबाट रु ३ हजार १ सय गरि जम्मा रु १ लाख २७ हजार ६ सय रुपैयाँ। दाङको घोराहीमा एक कार्यक्रम गरि समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली लगायत अतिथिहरुले चेक हस्तान्तरण गर्नुभएको छ। डाक्टरको सल्लाह अनुसार घर्ती मगरको छिट्टै मृगौला प्रत्यारोपण गरिने पारिवारिक स्रोतले जनाएका छन्।

साथै घाँटीमा क्यान्सर रोग लागेकी रोल्पाकै माडी गाउँपालिका-५ एनबाङ निवासी विष्णुमाया घर्ती मगरलाई रोल्पाली सेवा समाज रोमनिया शाखाबाट संकलित रु १५ हजार रुपैयाँ पनि सोही कार्यक्रममा घर्ती मगरकी आफन्तलाई चेक हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव शेरबहादुर डाँगीले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस