घोराही भदौ १ गते। परम्परा संस्कार र संस्कृतिको संरक्षण रोल्पा इरिबाङ सेवा समाजको अभियान भन्ने मूल नाराका साथ रोल्पा इरिबाङ सेवा समाज दाङले आयोजना गरि घिउ सक्रान्ति बाह्रभदौ झुस्ले फाल्ने पर्व मनाएको छ।
आइतबार घोराही-१३ बडहरा सिज स्वर्ग टोलमा समाजका अध्यक्ष मनिषा पुनको अध्यक्षता एवं रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय अध्यक्ष डिलाराम वलीको प्रमुख आतिथ्यता तथा घोराही-१३ का कार्यवाहक अध्यक्ष रामकली घर्ती र रोल्पा परिवर्तन गाउँपालिका-६ का निवर्तमान अध्यक्ष भानसिंह बुढाको विशिष्टमा सो पर्व मनाइएको हो।
प्रमुख अतिथि वलीले इरिबाङ समाजले आफ्नो पुरानो मौलिक कला संस्कृतिको गजेर्ना सङ्गै समाजले छोटो समयमा दाङ जस्तो ठाउँमा सफलतापूर्वक आफ्नो कार्य गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो। यसैगरी विशिष्ट अतिथि घर्ती र बुढाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
रोल्पा कोर्चाबाङ समाजका अध्यक्ष कैलाश घर्ती मगर नेकपा एमाले घोराही-१३ का अध्यक्ष चूर्ण पुन मगर नेकपा माओवादी केन्द्र घोराही-१३ का अध्यक्ष हर्कराज घर्ती मगर कोटगाउँले समाजका अध्यक्ष टेक बहादुर वली रोल्पाली सेवा समाज शाखा दाङका अध्यक्ष ओम प्रकाश खड्का लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
भदौ १ गते घिउ खाने चलन छ नखाए अर्को जुनीमा झुसिलकिरा भइने विश्वास छ। झुसिल किरा मार्नुपर्छ भन्दै चेलीले ल्याएको पाहुर घिउ, रोटी, जाँर खुवाएर सहभागीले जमिन छोड्नुपर्छ भन्दै सबैले चर्खे पिङ लिङ्गे पिङ पालैपालो खेलेका थिए। सँगसँगै तीजका गीतमा र पन्चेबाजामा नाचगान समेत चलेको थियो।
रोल्पाको इरिबाङबाट बसाइँसराइ गरि दाङको विभिन्न ठाउँमा बसोबास गर्नेहरु र विभिन्न समाजका प्रतिनिधि, झाँकीहरुको सहभागी समेत रहेको थियो। कार्यक्रम संयोजक समाजका सल्लाहकार राजेश बुढा मगरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन समाजका संस्थापक अमर पुन मगर र सदस्य प्रकाश बुढा मगरले गर्नुभएको थियो।
थप तस्वीर



