अखिल नेपाल महिला संघ घोराही-१३ को तीज कार्यक्रम सम्पन्न

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ घोराही-१३ ले तीज विशेष कार्यक्रम साउन ३० गते शुक्रबार घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ।

अखिल नेपाल महिला संघ घोराही- १३ का अध्यक्ष स्मृति घर्ती बाँठा मगरको अध्यक्षतामा र लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा तथा घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमाकुमारी डीसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि शर्मा चौधरीले नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ पाटीको बलियो खम्बा भएको भन्दै, नेपाली हिन्दू महिलाहरुको चाड हरितालिका तीजमा पुराना भाका संस्कृति तीज पर्वमा महिलाले आफ्ना पीडा पोख्ने मौलिक संस्कार हो। यो संस्कारलाई जगेर्ना र बचाउन लाग्नुभएको छ। यो ठाउँको लागि बाजा गाजा मैले सरकारको तर्फबाट होस् या मेरो व्यक्तिगत होस् सहयोग गर्ने छु भन्दै प्रतिबद्धता सँगै शुभकामना व्यक्त गर्नुभयो।

यसैगरी विशिष्ट अतिथि डीसीले अनेमसंघले तीज पर्वको पुरानो संस्कृतिलाई झल्काउने सम्झाउने बनाएकोमा खुसी व्यक्त गर्नुभयो। आफू सदैव अनेमसंघको साथमा रहेको समेत उल्लेख गर्दै तीजको शुभकामना दिनुभयो। नेकपा एमाले घोराही नगर कमिटीका अध्यक्ष तारा पुरी, घोराही-१४ का वडा अध्यक्ष भानसिंह बुढा मगर, अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष केशव गीरी लगायत अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम वडा कमिटी सदस्य सरस्वती रोका मगले संचालन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस