रोल्पाली समाज सेवा दाङको तीज मिलन कार्यक्रम हुने

घोराही। रोल्पाली समाज सेवा दाङले यही साउन ३१ गते शनिबार विशेष तीज मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले दाङ जिल्लामा भएका दिदिबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर विशेष तीज मिलन कार्यक्रम भब्य रुपमा आयोजना गर्न लागेको हो।

घोराही उपमहानगरपालिकाको कार्यलयको सभाहलमा हुने कार्यक्रममा सहभागिताको लागि रोल्पा जिल्लाबाट दाङको विभिन्न ठाउँमा बसोबास गर्ने सबै रोल्पालीहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रममा सहभागी सबैलाई निशुल्क नास्ताको समेत व्यवस्था गरिएको समाजले बताएको छ।

नेपाली हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजले आफ्नो मौलिक, कला, संस्कृति गजेर्नाका लागि भन्दै विशेष तीज मिलन कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष मदन वलीले जानकारी दिए।

समाज २०६९ सालमा स्थापना भई दाङमा विभिन्न सामाजिक सेवा कार्यहरु गर्दै आइरहेको छ। घोराही-१३ मा आफ्नै भवन समेत निर्माण भइरहेको र बिरामी ओसारपसारका लागि एम्बुलेन्स पनि संचालनमा रहेको अध्यक्ष वलीले जानकारी दिए।

हरितालिका तीजको रौनक नेपालका गाउँ सहर जताततै फैलिइसकेको छ। यो पर्वमा महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने चलन छ।

 

 

 

प्रतिक्रिया दिनुहोस