घोराही। रोल्पा माडी गाउँपालिका-६ कोर्चाबाङ मिनाहीका ५६ वर्षीय मृगौला पीडित जोख बहादुर घर्ती मगरलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।

रोल्पा कोर्चाबाङ समाज सेवा समिति घोराही दाङले संकलन गरेको ३६ हजार ५ सय ३५ रुपैयाँ आर्थिक सहयोग शुक्रबार मृगौला पीडित घर्ती मगरलाई कोर्चाबाङ समाज दाङका अध्यक्ष कैलाश घर्ती मगर लगायत टिमले हस्तान्तरण गरेका हुन।
आर्थिक संकलन महावीर घर्ती मगर ५ हजार, गण बहादुर घर्ती मगर ५ हजार ५ रुपैयाँ, मन कुमारी पुन मगर ५ हजार ५ रुपैयाँ, अमर घर्ती मगर ३ हजार ५ सय रुपैयाँ, आश बहादुर पुन मगर ३ हजार रुपैयाँ, नगेन्द्र पुन मगर २१ सय ५० रुपैयाँ, भिम कुमार बुढा मगर १५ सय ५५ रुपैया, दिपेन्द्र घर्ती मगर ११ सय ५ रुपैयाँ, नवीन पुन मगर २ हजार ५५ रुपैयाँ, भिम बहादुर घर्ती मगर १ हजार ५५ रुपैयाँ, मने घर्ती मगर ११ सय ५ रुपैयाँ, सुन कुमारी घर्ती मगर १ हजार रुपैयाँ र कोर्चाबाङ समाजबाट ५ हजार संकलन गरि हस्तान्तरण गरिएको हो।
घरको अवस्था कम्जोर भएकाले मृगौला पीडित घर्ती मगरको उपचारमा समस्या भएको छ। डाक्टरको सल्लाह अनुसार छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने छ। प्रत्यारोपणका लागी १० देखि १५ लाख चाहिने भएकाले पैसा नहुँदा मृगौला प्रत्यारोपण गर्न सकिएको छैन। हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा हप्ताको दुईपटक डायलाइसिस गर्नु परेको परिवारले जनाएका छन।
विगत ६ महिना देखि घर्ती मगरको दुवै मृगौला फेल भएको घरको आर्थिक अवस्था कम्जोर भएकाले आफ्ना बुबाको जीवन बचाउन सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सक्दो आर्थिक सहयोग गरिदिन छोरा विकाश घर्ती मगरले सहयोगको याचना समेत गरेका छ्न। स्वदेश तथा विदेशबाट सहयोग संकलन पनि भइरहेको छ।